Notice Inviting Proposals for Registration and Participation in the Program
Published Date: 2026-07-24
कृषिमा आधारीत अर्थतन्त्र वाट कृषि जन्य उद्योगमा रुपान्तरित आधुनिक व्यावसायिक दिगो एवं आत्मनिर्भर कृषि क्षेत्रको विकास गर्ने सोचका साथ यस प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना २०७३ साल वाट नेपाल सरकारले कार्यान्वयनमा ल्याएको छ । यस परियोजनाको अवधि दश वर्ष रहेको छ ।भौगोलिक सम्भाव्यता र तुलनात्मक लाभका आधारमा वाली वस्तुहरुको विशिष्टीकरण, यान्त्रिकरण र औधोगिकीकरणका माध्यमबाट कृषि क्षेत्रको रुपान्तरण गर्ने सोच लिएको छ । यसै सोचलाई परिपूर्ति गर्नको लागि विभिन्न क्षेत्रमा पकेट, ब्लक, जोन तथा सुपरजोनहरु स्थापना गर्दै कार्यान्वयन भइरहेको छ । यस अनुसार आ.व.२०७३/०७४ देखि भक्तपुर, जिल्लामा आलु जोन स्थापनाभई संचालित छ ।नेपालमा आलुको आ.व. २०७5/०७६ मा क्षेत्रफल 1,93,997 हे. उत्पादन 31,12,947 मे.टन र उत्पदाकत्व 16.04 मे.टन/हेक्टर छ ।भक्तपुर जिल्लामा आ.व. २०७६/०७७ सम्म यसको क्षेत्रफल १८२५४ हे. उत्पादन ४४३२०७ मे.टन र उत्पादकत्व २४.२८ मे.टन/हेक्टर छ भने यस जोन कार्यान्वयन इकाईले ढाकेको क्षेत्रफल ५०० हे. र उत्पादकत्व २४.२८ मे.टन/हेक्टर छ । हाल यस जोनको कार्य क्षेत्र आलु जोन, भक्तपुर ५०० हेक्टर चाँगुनारायण न.पा. वडा नं. १ देखी ९ सम्म, आलु जोन, काठमाडौँ ५०० हेक्टर शंखरापुर न.पा. वडा नं. १ देखी ९ सम्म र तरकारी जोन, ललितपुर २०० हेक्टर गोदावरी न.पा. ३, ५, ६, ७, ८, ९ र १२ नं. वडाहरु, कोन्ज्योसोम गा.पा. १, २ र ३ नं. वडाहरु र बागमती गा.पा. १ र २ नं. वडाहरु मा रहेको छ ।यस परियोजना कार्यान्वयन इकाईले क्रमशः क्षेत्र विस्तार र प्रविधिको प्रसार, यान्त्रिकरण प्रवद्र्धन गर्दै आलुको तथा तरकारी वालीको उत्पादन तथा उत्पादकत्व बढाउने र लागत मूल्य घटाउने, रोजगारीको अवसर प्रदान गर्ने, आलुमा आधारित उद्योग स्थापना वाट आलु तथा तरकारी जन्यउत्पादनको विविधिकरण गरी समग्र अर्थतन्त्रमा टेवा पुर्याउने लक्ष्य लिएको छ ।
Published Date: 2026-07-24
Published Date: 2025-11-27
Published Date: 2025-07-25
Published Date: 2026-07-24
Published Date: 2026-07-24
Published Date: 2026-07-24
Published Date: 2024-02-23
Published Date: 2024-02-23
Published Date: 2025-07-27
Published Date: 2022-08-15
Published Date: 2022-08-15
Published Date: 2022-08-15
Published Date: 2022-08-15