Published Date : 2021-02-21 (Modified Date : 2024-06-03)

क्र.सं.

विवरण

जोन

क्षेत्रफल

कम्तिमा ५०० हेक्टर

कार्यमूलक सम्बन्ध

उपज उत्पादन, वीउ तथा प्रांगारिक मल उत्पादन,प्रयोगशाला सेवा, प्रशोधन तथा बजारीकरण, प्रविधि विस्तार

लाभान्वित बर्ग

व्यवसायिक कृषक सहकारीहरु, जलउपभोक्ता समितिहरु, नीजि कृषि उद्यमी व्यवसायीहरु

लाभान्बित हुन सक्ने बर्गहरु

उत्पादक तथा कच्चा सामाग्री आपूर्ती गर्ने कम्तिमा ५०० जना

दिइने कार्यक्रमको प्रकार

वीउ,विरुवा, माछा भुरा,मल तथा बिषादी, यान्त्रिकरण,सिचाई, सडक, विद्युत, कृषि उद्योग विकास सरकारी सहयोग,ऋण  ,बाली सुरक्षण, नीति सहजीकरण र क्षमता विकास

निर्माण प्रकृया

राष्ट्रिय प्राथमिकताको आधारमा प्रादेशिक एवं बाली वस्तुगत सन्तुलन कायम हुने गरी परियोजनाले तोकेको लक्ष्य अनुसारका जोनहरु विकास गरिनेछ। जिल्लागत बाली वस्तुको प्राथमिकतालाई आधार लिई प्रत्येक जिल्लामा परियोजना अवधिसम्ममा बढीमा ५ वटा जोनहरु छनौट गरी कार्यक्रम सञ्चालन गरिनेछ। यी जोनहरुमा बढीमा ४ आर्थिक वर्षसम्म कार्यक्रम सञ्चालन हुनेछन्। जोन विकास कार्यक्रमको अनुशरण (follow up) र निरन्तरता कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तोकेको निकायबाट हुनेछ।

कार्यान्वयन इकाई

  परियोजना कार्यान्वयन इकाई