Published Date : 2024-06-03

सोच

कृषिमा आधारित अर्थतन्त्रबाट कृषिजन्य उद्योगमा रुपान्तरित आधुनिक, व्यवसायिक, दिगो एवं आत्मनिर्भर कृषि क्षेत्रको विकास गर्ने परियोजनाको सोच रहेको छ।

लक्ष्य

समग्र कृषि मूल्य श्रृङ्खलाका अवयवहरुको एकीकृत संयोजन र परिचालनमार्फत खाद्य पोषण सुरक्षा सूनिश्चित गर्दै कृषि औद्योगिकीकरण उन्मुख दीगो आर्थिक अवसरहरु श्रृजना गरी राष्ट्रको समग्र विकासमा टेवा पुर्याउने परियोजनाको लक्ष्य रहेको छ।

परियोजनाका उद्देश्यहरु

यस परियोजनका देहाय बमोजिमका उद्देश्यहरु रहेका छन्:-

(क) प्रमुख कृषि उपजहरुको विशिष्टिकृत क्षेत्रहरु निर्माण गर्ने,

(ख) निर्यात योग्य कृषि वस्तुहरुको मूल्य अभिवृद्धि गर्दै प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्ने,

(ग) कृषिलाई सम्मानजनक नाफामूखी व्यवसायका रुपमा विकास गदै रोजगारीका अवसरहरु सृर्जना गर्ने र

(घ) बहुसरोकारवाला निकायहरुबीचको कार्यमूलक समन्वय मार्फत प्रभावकारी सेवा प्रवाहको सुनिश्चितता गर्ने।