कृषिमा आधारित अर्थतन्त्रबाट कृषि–जन्य उद्योगमा रूपान्तरित आधुनिक व्यावसायिक दिगो एवम् आत्मनिर्भर कृषि क्षेत्रको विकास गर्ने सोचका साथ यस प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना २०७३ सालबाट नेपाल सरकारले कार्यान्वयनमा ल्याएको छ । यस परियोजनाको अवधि दश वर्ष रहेको छ ।
भौगोलिक सम्भाव्यता र तुलनात्मक लाभका आधारमा बाली वस्तुहरूको विशिष्टीकरण, यान्त्रिकरण र औद्योगिकीकरणका माध्यमबाट कृषि क्षेत्रको रूपान्तरण गर्ने सोच लिएको छ । यसै सोचलार्ई परिपूर्ति गर्नको लागि विभिन्न क्षेत्रमा पकेट, ब्लक, जोन तथा सुपरजोनहरू स्थापना गर्दै कार्यान्वयन भइरहेको छ । यस अनुसार आ.व. २०७३/७४ देखि भक्तपुर जिल्लामा परियोजना कार्यान्वयन एकाई अन्तर्गत चाँगुनारायण न.पा.को वडा नं. ८ र ९ (सुडाल र ताथली) मा आलु जोन स्थापना भई सञ्चालन हुँदै आएकोमा हाल चाँगुनारायण न.पा. भर क्षेत्र विस्तार गरी सञ्चालन भइरहेको छ । आ.व. २०७६/७७ देखि उपत्यकाका अन्य जिल्ला काठमाडौँ र ललितपुरमा पनि क्रमश: आलु र तरकारीको जोन स्थापना गरी यस परियोजना कार्यान्वयन एकाईबाट कार्यक्रमहरू सञ्चालन हुँदै आएको छ । आ.व. २०७८/७९ देखि उपत्यकाका तीनै जिल्ला मध्ये काठमाडौँ , भक्तपुरमा तरकारी र ललितपुरमा दुध(गाई-भैंसी ) जोन स्थापना गरी यस परियोजना कार्यान्वयन एकाईबाट कार्यक्रमहरू सञ्चालन हुँदै आएको छ |
प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, परियोजना कार्यान्वयन एकाई, भक्तपुर अन्तर्गत संचालित जोनका कार्यक्षेत्रहरु :
क्र.सं |
जोन |
जोनको क्षेत्र (पालिका) |
कमाण्ड क्षेत्र |
१ |
आलु जोन भक्तपुर |
चाँगुनारायण न.पा. |
५०० हे. |
२ |
आलु जोन काठमाण्डौ |
शंखरापुर न.पा. |
५०० हे. |
३ |
तरकारी जोन ललितपुर |
गोदावरी न.पा.,कोन्ज्योसोम गा.पा. र बागमती गा.पा. |
५०० हे. |
४ |
तरकारी जोन, भक्तपुर |
मध्यपुर थिमी न.पा. र सुर्यविनायक न.पा. |
५०० हे. |
५ |
तरकारी जोन, काठमाडौँ |
नागार्जुन न.पा. र चन्द्रागिरी न.पा. |
५०० हे. |
६ |
दुध(गाई-भैंसी )जोन, ललितपुर |
गोदावरी न.पा. |
५००० माऊ गाइ भैंसी |
यसरी उपत्यकाका ३ वटा जिल्लामा रहेका आलु-२ र तरकारी-३ र दुध(गाई-भैंसी )जोन -१ गरी ६ वटा जोन सञ्चालन गरी परियोजनाको उद्देश्य हासिल गर्न परियोजना कार्यान्वयन एकाई भक्तपुरलार्ई परियोजना कार्यान्वयन म्यानुअलमा व्यवस्था गरिए अनुसारका भूमिका निर्वाहका लागि तोकिएको छ ।