परिचय:
बाली वस्तु विशेषका लागि तोकिएको क्षेत्रफल वा संख्याको न्यूनतम आधार पुरा गरेका प्राथमिक प्रशोधनका लागि आवश्यक पूर्वाधार सहितको व्यवसायिक कृषि उत्पादनको निश्चित क्षेत्रलाई व्यवसायिक कृषि उत्पादन तथा प्रशोधन केन्द्र (जोन) भनिनेछ। जोनमा बीउ/नश्ल, मल/आहारा र कृषि यन्त्र लगायतका उत्पादन सामाग्री, सिँचाइ, विद्युत र सडक, कृषि बजार लगायतका पूर्वाधार, कृषि ऋण, बीमा (बाली सुरक्षण) एवं नीतिगत सहजीकरण, कृषक व्यवसायीको क्षमता विकास र प्राथमिक प्रशोधन उद्योग प्रवर्द्धन जस्ता सेवा सुविधा र पूर्वाधार मार्फत कृषि उत्पादन तथा उत्पादकत्व वृद्धि, कृषि उपज बजारीकरण र प्राथमिक कृषि प्रशोधन उद्योगहरु प्रवर्द्धन गरिनेछ।परियोजना कार्यान्वयनको प्रथम वर्षमा ३० वटा जोन स्थापना भएका थिए र परियोजना अन्त्यसम्ममा जोनहरुको संख्या ३०० पुर्याइने परियोजना दस्तावेजमा उल्लेख भए बमोजिम जोनहरुको विकास गरिनेछ।
उद्देश्य:
व्यवसायिक कृषि उत्पादन तथा प्रशोधन केन्द्र (जोन) विकास कार्यक्रमको उद्देश्य देहाय बमोजिम रहेको छ:-
जोन निर्माण:
पकेट र ब्लक विकास कार्यक्रम अन्तर्गत सञ्चालित एउटै जिल्ला भित्रका पकेट र ब्लकको विस्तार भएर वा नजिकका पकेट र ब्लकहरु क्लष्टरमा एकिकृत भई बाली वस्तु विशेषको लागि तोकिएको क्षेत्रफल/संख्या को न्यूनतम आधार पुरा गरेमा त्यस्तो क्षेत्रलाई व्यवसायिक कृषि उत्पादन तथा प्रशोधन केन्द्र (जोन) मा स्तरोन्नती गर्न सकिनेछ। साथै, प्रदेश र स्थानीय तहबाट सञ्चालन गरिएका बाली वस्तु विशेषका उत्पादन क्षेत्रहरुलाई समेत आवश्यकता र औचित्यको आधारमा जोनमा समावेश गर्न सकिनेछ। राष्ट्रिय प्राथमिकताको आधारमा प्रादेशिक एवं बाली वस्तुगत सन्तुलन कायम हुने गरी परियोजनाले तोकेको लक्ष्य अनुसारका जोनहरु विकास गरिनेछ।
जोनका लागि क्षेत्रफल/संख्याको न्यूनतम आधार
(क) जोन क्षेत्र छनौट र जोन विकास कार्यक्रम सञ्चालनको लागि तालिका-५ मा उल्लेख भए बमोजिम न्यूनतम क्षेत्रफल वा संख्याको आधार पुरा गर्नु पर्नेछ।
तालिका ५: जोन विकास कार्यक्रम सञ्चालनका आधारहरु
बाली/वस्तु |
इकाई |
आधार |
कैफियत |
बाली /तरकारी |
हेक्टर |
५०० |
|
मौरी |
घार संख्या |
५००० |
|
माछा (जलाशय क्षेत्र) |
हेक्टर |
५०० |
|
गाई |
उन्नत माउ संख्या |
२००० |
दैनिक ५000 लिटर दुध संकलन गर्ने चिलिङ्ग भ्याट सहितको कृषक उद्यमी वा समूह सहकारी |
भैंसी |
उन्नत माउ संख्या |
१००० |
|
बाख्रा |
उन्नत संख्या |
१५००० |
|
बंगुर |
उन्नत माउ संख्या |
१००० |
|
(ख) तोकिए बमोजिमको न्यूनतम क्षेत्रफल वा संख्या नपुगेको हाल सञ्चालनमा रहेका जोनको हकमा क्षेत्रफल विस्तार/संख्या वृद्धिका कार्यक्रम अनिवार्य रुपमा सञ्चालन गर्नु पर्नेछ।
जोनको संख्या र कार्यक्रम सञ्चालन अवधि:
जिल्लागत बाली वस्तुको प्राथमिकतालाई आधार लिई प्रत्येक जिल्लामा परियोजना अवधिसम्ममा बढीमा ५ वटा जोनहरु छनौट गरी कार्यक्रम सञ्चालन गरिनेछ। यी जोनहरुमा बढीमा ४ आर्थिक वर्षसम्म कार्यक्रम सञ्चालन हुनेछन्। जोन विकास कार्यक्रमको अनुशरण (follow up) र निरन्तरता कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तोकेको निकायबाट हुनेछ।
जोनको अन्य संभागहरुसँगको सम्बन्ध:
पकेट र ब्लकमा हुने उत्पादनले सोही बाली/वस्तुको जोनमा रहने कृषि बजार र प्रशोधन उद्योगको लागि कृषि उपज र कच्चा पदार्थ उपलब्ध गराउने छन्। त्यस्तै जोनमा रहेका स्रोत केन्द्रहरुबाट ब्लक र पकेटका लागि बीउ नश्ल लगायत अन्य प्रविधिहरु उपलब्ध हुने छन्।
जोन क्षेत्र विस्तार:
परियोजना कार्यान्वयन इकाईले सम्भाव्यता तथा आवश्यकताका आधारमा जोन क्षेत्र विस्तारको लागि प्राविधिक कार्यदलको प्रतिवेदन तथा जिल्ला परियोजना कार्यान्वयन समन्वय तथा अनुगमन समितिको सिफारिस सहित परियोजना व्यवस्थापन इकाईमा अनुरोध गर्न सक्नेछ। यसरी अनुरोध प्राप्त भएमा परियोजना व्यवस्थापन इकाईले आसपासका जोडिएका क्षेत्रहरु समावेश गरी जोन क्षेत्र विस्तार गर्न सक्नेछ।
सञ्चालन गर्ने निकाय:
जोन विकास कार्यक्रम सञ्चालनको मुख्य जिम्मेवारी तोकिएको जिल्लामा रहेको परियोजना कार्यान्वयन इकाईको रहनेछ र प्रदेश सरकार अन्तर्गतको जिल्ला स्थित कृषि/पशु सेवा क्षेत्र हेर्ने कार्यालय र स्थानीय तहले सहजीकरण र समन्वय गर्नेछन्।
कार्यक्रमको लक्षित समुदाय/वर्ग:
जोन विकास कार्यक्रम देहाय बमोजिमका लक्षित समुदाय/वर्ग सहभागी हुन पाउने छन्:-
(क) स्थानीय तह वा अन्य सरकारी निकायमा नियमानुसार दर्ता भएका कृषक समूह
(ख) कृषि कार्य गर्ने उद्देश्य सहित सहकारी ऐन बमोजिम दर्ता भएका सहकारीहरु
(ग) नियमानुसार दर्ता भएका उपभोक्ता समितिहरु
(घ) कानुन बमोजिम दर्ता भएका कृषि उद्यमी, फर्म वा कम्पनीहरु
जोन छनौट
१.जोन निर्धारणका आधारहरु:
जोन विकास कार्यक्रम सञ्चालनका लागि अनुसूची-१ बमोजिमका बाली/वस्तुमा देहायका आधारमा सुपरजोन क्षेत्र निर्धारण गर्नु पर्नेछ:-
(क) कृषिमा आधारित उद्योग व्यवसायको लागि कच्चा पदार्थमा प्रयोग हुने बाली
(ख) स्थानीय स्तरमा रोजगारी सृजना गर्न सक्ने बाली/वस्तु
(ग) आयात प्रतिस्थापना र निर्यात प्रवर्द्धनमा सहयोग पुर्याउने बाली/वस्तु
(घ) सिँचाइ, सडक लगायतका आवश्यक पूर्वाधार भएको
(ङ) तोकिएको क्षेत्रफलमा सामुहिक खेती तथा चक्लावन्दी भएको/हुनसक्ने वा एउटै कोरिडोरमा रहेको
(च) विगतमा सम्बन्धित बाली/वस्तुको ब्लक सञ्चालन भएको
(छ) हालको क्षेत्रफल, उत्पादन, उत्पादकत्व र समावेश हुने घरधुरी तथा खेती योग्य जग्गा
(ज) प्रस्तावित जोन क्षेत्र भित्र स्रोत केन्द्रको अवस्था, प्रमुख प्रशोधन तथा बजारीकरणका अवसरहरु
(झ) प्रस्तावित जोन क्षेत्र भित्र सामुहिक खेती तथा चक्लाबन्दी को हालको अवस्था एवं विस्तारको संभावना
(ड) स्रोत केन्द्र विकासको अवस्था
२. जोन छनौट प्रक्रियाः जोन छनौट गरी स्वीकृत गर्ने प्रक्रिया देहाय अनुसार हुनेछ:-
कृषि/पशु सेवा अधिकृत, परियोजना कार्यान्वयन इकाई संयोजक
प्रमुख वा निजले तोकेको प्रतिनिधि, प्रदेश सरकार अन्तर्गतको
जिल्ला स्थित कृषि/पशु सेवा क्षेत्र हेर्ने कार्यालय सदस्य
सम्बन्धित बाली/वस्तुको विषय विज्ञ सदस्य
जोन विकास कार्यक्रम सञ्चालन प्रक्रिया
(क) परियोजना कार्यान्वयन इकाईले जोन कार्य क्षेत्रभित्र रहेका ईच्छुक लक्षित समुदाय/वर्गलाई जोन विकास कार्यक्रम अन्तर्गत सञ्चालन हुने विभिन्न कार्यक्रमहरुमा सहभागिताका लागि सूचिकृत गर्नेछ।परियोजना कार्यान्वयन इकाईले जोन अन्तर्गत सञ्चालन हुने सम्पुर्ण कार्यक्रमहरुको अनुसूची-९ अनुसारको ढाँचामा सार्वजनिक सूचना आह्वान गरी लक्षित समुदाय/वर्गबाट आवेदन माग गर्नेछ।
(ख) जोन कार्यक्रममा सहभागी हुन इच्छुक लक्षित समुदाय/वर्गले तोकेको बाली/वस्तुमा आधारित रही अनुसूची-१० बमोजिमको ढाँचामा निवेदन पेश गर्नु पर्नेछ।
(ग) जोन अन्तर्गत कार्यक्रम सञ्चालनका लागि परियोजना कार्यान्वयन इकाईमा प्राप्त हुन आएका आवेदनहरुको मूल्याङ्कनको लागि देहाय बमोजिमको प्राविधिक समिति रहनेछ।
प्रमुख, परियोजना कार्यान्वयन इकाई संयोजक
प्रमुख वा निजले तोकेको प्रतिनिधि, प्रदेश सरकार अन्तर्गतको जिल्ला स्थित
कृषि/पशु सेवा क्षेत्र हेर्ने कार्यालय सदस्य
कृषि/पशु सेवा अधिकृत, परियोजना कार्यान्वयन इकाई सदस्य सचिव
जोन सञ्चालन समन्वय समिति गठन एवं जिम्मेवारी
(क) परियोजना कार्यान्वयन इकाईले जोन विकास कार्यक्रम सञ्चालनमा सहजीकरण र लाभग्राहीको अनुगमन गर्न लाभग्राहीको प्रतिनिधित्व रहने गरी परियोजना कार्यान्वयन इकाईमा जोन स्थापनाका लागि सूचीकृत भएका निश्चित क्षेत्र भित्रका संस्थाहरुको प्रतिनिधित्व हुने गरी ९ सदस्यीय जोन सञ्चालन समन्वय समिति गठन गर्नु पर्नेछ। यसरी गठन हुने समितिमा कम्तीमा ३ जना महिलाको सहभागिता हुनु पर्नेछ। सदस्य मध्ये एक जना समितिको संयोजक हुनेछ र समिति एवं सदस्यको पदावधि २ आर्थिक वर्षको हुनेछ।
(ख) जोन सञ्चालन समन्वय समितिको भूमिका देहाय बमोजिम हुनेछ:-
सम्झौता र अनुदान रकम भुक्तानी
अनुगमन तथा मूल्याङ्कन र प्रगति प्रतिवेदन
(क) अनुगमन तथा मूल्याङ्कन: परियोजना कार्यान्वयन इकाईले जोन विकास कार्यक्रम अन्तर्गत सञ्चालित क्रियाकलापहरुको एकल वा जोन क्षेत्रका लाभग्राही एवं सरोकारवालाहरुको सहभागितामा संयुक्त अनुगमन तथा मुल्याङ्कन गर्नेछ। परियोजना कार्यान्वयन इकाई र जोन सञ्चालन समन्वय समितिले जोन कार्यक्रमको सार्वजनिक सुनुवाईका लागि सजहजीकरण गर्नु पर्नेछ।
(ख) प्रगति प्रतिवेदन