यस अन्तरगत मुख्यतया पोष्ट हार्भेष्ट सेन्टर स्थापना, प्रांगारिक मल कारखाना सवलीकरण वा स्थापना, एकिकृत सेवा केन्द्र तथा रिफरेन्स प्रयोगशाला निर्माण, एग्रिमार्ट स्थापना सहयोग, सिंचाइ प्रणाली पूर्वाधार विकास लगायतका क्रियाकलापहरु संचालन गरिएका छन् । कृषि अनुसन्धान केन्द्रहरु, फार्म केन्द्र रप्रयोगशालाहरुलाई समेत आधुनिकीकरणका लागि आवश्यक औजार उपकरणहरु जडान र संरचनाहरु निर्माण सम्भारमा सहयोग गरिएको छ ।